अरबौं खरबौंमा पनि पाउन नसकिने शरीरको मालिक छौं हामी यसको ख्याल गरौँ

सोंचेर नसक्ने बुझेर नसक्ने, बयान गरेर नसक्ने पैसा हुनेले पनि किन्नै नसकिने अरबौं खरबौंमा पनि पाउन नसकिने शरीरको मालिक छौं हामी, अनगन्ती कोष, कैयौँ तन्तु र अङ्ग मिलेर बनेको यो सिङ्गो शरीर  ईश्वरको अमुल्य बरदान हो | कहिले कहिँ मलाई लाग्छ  हामी यो हाम्रो शरीर ईश्वरको बरदानलाई फसित्तैमा पाएको हुनाले खासै वास्ता ख्याल गरिरहेको छैनौं हाम्रो शरीरको हरेक पार्ट अनमोल छ | यो धर्तीमा अमृत पनि छ बिष पनि छ त्यसमा कति हामी चिन्न सक्दैनौ कति चिनेर जानेर बुझेर पनि त्यसको सेवन गरिरहेको छौं |

खाना हुने नहुने सबै खाएका छौं गर्न हुने नहुने सबै गरेका छौं यस्तो हाम्रो दैनिक क्रियाकलापले गर्दा मानौं यदि यो आँखाले देख्ने छाडे के होला जीवनको अर्थ, दिमागले सोंच्न कल्पना गर्ने छाडे कम गर्ने छाडे के अस्तित्व रह्यो जीन्दगीको, हात खुट्टानै नचले के गर्नु तेस्तो जीन्दगीको, मुटु, किड्नी, फोक्सो, कलेजोले नै काम गर्न छाडे समाप्त भो जीन्दगी यसकारण यसको ख्याल गर्नुहोस् , माया गर्नुहोस्, खराब हुन नदिनुहोस्, हाम्रो शरीरलाई सन्तुलित राख्न बचाई राख्नु सजिलै सकिन्छ तर यदि खराब भए सुधारमा ल्याउनु धेरै कठिन पर्नेछ, यत्रो अमुल्य शरीरलाई सुधारमा ल्याउनुको निम्ति पनि बहुमुल्य मूल्य त चुकाउनु पर्नेछ साथमा अनेक थरिको दुखाई पिडा पनि सहनु पर्छ  




अरबौं खरबौंमा पनि पाउन नसकिने शरीरको मालिक छौं  हामी यसको ख्याल गरौँ


DXN QR Code



#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !